शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा आज आठ खेल

शनिबार, २८ भदौ २०८२, १४ : ४७
शनिबार, २८ भदौ २०८२

सारांश

  • शनिबार प्रिमियर लिग फुटबलमा विभिन्न आठ खेलहरू हुँदैछन्।
  • आर्सनलले नथिङघम फरेस्टसँग प्रतिस्पर्धा गर्दै जितको योजना बनाएको छ।
  • चेल्सीले बर्नफोर्टसँग खेल्नेछ र शीर्ष स्थानमा पुग्न चाहन्छ।

काठमाडौँ । प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा आर्सनलले नथिङघम फरेस्टसँग प्रतिस्पर्धा गर्नेछ । 

आर्सनलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका ५ः १५ मा सुरु हुनेछ । प्रतियोगितामा ३ खेलबाट ६ अङ्क जोडेको आर्सनल आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । 

यता, फरेस्ट दोस्रो जितको खोजीमा हुनेछ । आज नै हुने दोस्रो खेलमा बर्नमाउथले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल नपाली समय अनुसार राति ७ः ४५ मा सुरु हुनेछ । 

सोही समयमा न्युक्यासले उल्भसलाई आथित्यता प्रदान गर्नेछ । उल्भस र न्युक्यासले हालसम्म प्रतियोगितामा जित निकाल्न सकेका छैनन् । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । 

यता क्रिस्टल प्यालेसले एएफसी सुन्दरल्यान्डसँग खेल्नेछ । सुन्दरल्यान्ड तेस्रो जितको खोजीमा हुनेछ भने अपराजित क्रिस्टल दोस्रो जितको खोजीमा हुनेछ ।  

यसै समयमा हुने अर्को खेलमा फुलहमले लिड्स युनाइटेडलाई आतिथ्यता प्रदान गर्नेछ । फुलहमले हालसम्म जित निकाल्न सकेको छैन । यता लिड्स भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ । 

टोटेनहमले प्रतियोगितामा बलियो साबित गर्ने योजनाका साथ वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति १०ः १५ मा हुने दुई टोली बिचको खेल वेस्टहमाको मैदानमा हुनेछ । 

आज राति हुने अन्तिम खेलमा बर्नफोर्टसँग चेल्सीले प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल राति १२ः ४५ मा सुरु हुनेछ । ७ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा रहेको चेल्सी ३ अङ्क जोडेर शीर्ष स्थानमा रहने योजनामा हुनेछ । शीर्ष स्थानमा रहेको लिभरपुलको ९ अङ्क छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप