शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु

शनिबार, ०४ असोज २०८२, १३ : ५०
शनिबार, ०४ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाको सरसफाइ र प्राविधिक परीक्षण सुरु भएको छ।
  • स्वास्थ्य मन्त्रालयको भवन मर्मत गर्न नसकिने अवस्थामा रहेको र स्ल्याबमा क्षति पुगेको छ।
  • इन्जिनियर्स एसोसिएसनले ध्वस्त भवन पुनर्निर्माणका लागि सुझाव दिने र केही भवन प्रयोग गर्न सकिने जनाएको छ।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको सरसफाइका साथै प्राविधिक परीक्षण सुरु गरिएकाे छ । शनिबारदेखि आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूकाे प्राविधिक परीक्षण सुरु गरिएकाे हो ।

यसै क्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ । परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।

उनले मन्त्रालयको भित्तामा क्षति नभए पनि स्ल्यावहरुमा पूर्णरुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एसोसिएसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गरिरहेको उनले उल्लेख गरे ।

बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए । 

त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एसोसिएसनले प्राविधिक परीक्षण पश्चात् मात्र संरचना प्रयोग गर्न सुझाव दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप