महोत्तरीमा ७० औँ प्रहरी दिवस मनाइयो
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी ७० औँ प्रहरी दिवस धुमधामका साथ मनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल प्रमुख अतिथि थिए ।
कार्यक्रममा बोल्दै रिसालले देश र जनताको सुरक्षाका लागि समर्पित प्रहरीहरूलाई शुभकामना व्यक्त गर्दै जिम्मेवारीपूर्वक र इमानदार भएर काम गर्न अनुरोध गरे ।
उनले भने,“प्रहरी जनताको सुरक्षाको पहिलो पङ्क्तिमा खटिने राज्यको मुख्य सुरक्षा निकाय हो। प्रहरीको अनुशासन, इमान र निष्ठा नै संस्थाको पहिचान हो ।”
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) हेरम्भ शर्माले देशका लागि बलिदान समर्पित गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने,“अमर प्रहरीहरू हाम्रो गौरव हुन्, उनीहरूको सम्झनाले हामीलाई थप जिम्मेवार बनाउँछ ।”
कार्यक्रममा उत्कृष्ट कामका लागि प्रहरी नायव उपरीक्षक सैलेन्द्र भट्ट, प्रहरी निरीक्षक अशोक झा, नन्दकिशोर चौहान लगायत दर्जनौँ प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण