शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले जित्यो विश्वकप छनोटको ट्रफी

शुक्रबार, ३१ असोज २०८२, १९ : १२
शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीेले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ । 

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी जितेको हो । 

अल इमिरेट्स मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८७ रन बनायो । 

सामोआका लागि सेन सोलियाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान काबेल जस्मतले ९ रन बनाउँदा बेन्जामिन मिल्टाले ११ रनको योगदान गरे । 

नेपालका लागि ललित नारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, कप्तान रोहित कुमार पौडेल र सन्दीप लामिछानेले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो । 

नेपालका लागि आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनकको अर्धशतकीय आअरी खेले । 

नेपालका लोकेश बमले ३९ रन बनाउदा कप्तान रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । सामोआका लागि डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप