शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लगातार खराब प्रदर्शनपछि वूल्भ्सका प्रशिक्षक बर्खास्त

सोमबार, १७ कात्तिक २०८२, ०६ : ०२
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • वूल्भ्स क्लबले यस सिजन प्रिमियर लिगका १० खेलमा जित निकाल्न नसकेपछि मुख्य प्रशिक्षक भिटर परेरालाई बर्खास्त गरेको छ।
  • शनिबार फुलह्यामविरुद्ध ३-० को हार व्यहोरेसँगै वूल्भ्सको शीर्ष लिगमा यो सिजनको आठौँ हार थियो र क्लब तालिकाको पुछारमा छ।
  • सन् २०२४ को डिसेम्बरमा पदभार सम्हालेका परेराले गत सेप्टेम्बरमा तीन वर्षको नयाँ सम्झौता गरेका थिए र उनलाई बर्खास्त गरियो।

लण्डन । वुल्भरह्याम्प्टन वान्डरर्स (वूल्भ्स) क्लबले यस सिजन प्रिमियर लिगका १० खेलमा जित निकाल्न नसकेपछि मुख्य प्रशिक्षक भिटर परेरालाई बर्खास्त गरेको छ।

शनिबार फुलह्यामविरुद्ध ३-० को हार व्यहोरेसँगै वूल्भ्सको शीर्ष लिगमा यो सिजनको आठौँ हार थियो। हाल क्लब तालिकाको पुछारमा छ र सुरक्षित क्षेत्रबाट आठ अंकले पछि छ।

सन् २०२४ को डिसेम्बरमा पदभार सम्हालेका परेराले गत सेप्टेम्बरमा मात्र क्लबसँग तीन वर्षको नयाँ सम्झौता मा हस्ताक्षर गरेका थिए। क्लबको विज्ञप्तिमा परेरासँगै उनका आठ जना सहायक कर्मचारीले पनि क्लब छाडेको उल्लेख छ।

कार्यकारी अध्यक्ष जेफ शिले भने, ‘दुर्भाग्यवश, यस सिजनको सुरुवात निराशाजनक रह्यो र प्रशिक्षकलाई सुधारका लागि समय दिने हाम्रो बलियो चाहनाका बाबजुद हामीले नेतृत्व परिवर्तन गर्नुपर्ने बिन्दुमा पुगेका छौँ।’

क्लबले अब नयाँ मुख्य प्रशिक्षक नियुक्त नभएसम्म जेम्स कोलिन्स र रिचर्ड वाकरले टोलीलाई प्रशिक्षण दिने बताएको छ। यस सिजनको सुरुवातअघि नै क्लबले माथेउस कुन्हा र रायन आइट-नूरीजस्ता मुख्य खेलाडीहरू गुमाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप