प्रदेशका पूर्वमन्त्री विसीको निधन
सोमबार, १५ मङ्सिर २०८२, १८ : ४६
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास पूर्वमन्त्री तथा कांग्रेसका नेता यज्ञबहादुर विसीको निधन भएको छ । ७१ वर्षीय विसीको सोमबार उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको हो ।
विसी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्यूरेनी स्थायी बासिन्दा हुन् ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
कँडेलले भनेका छन्, ‘कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री, अग्रज राजनितिज्ञ श्री यज्ञबहादुर विसीको उपचारको क्रममा भएको असामयिक निधनको खबरले अत्यन्त दुःख लागेको छ, यस दुःखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण