एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय
काठमाडाैँ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।
यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिए ।
उनका अनुसार श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले सरकार नेतृत्वको उद्धार र क्षति मूल्याङ्कनमा सक्रिय साथ दिएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, सरसफाइ सामग्री, भान्सा सम्बन्धी आवश्यक सामान, पानीका ट्याँकी लगायतका आपत्कालीन सामग्री पु¥याइएको छ, साथै विस्तृत क्षति मूल्याङ्कन र प्रारम्भिक पुनःस्थापनाका कामहरू पनि अघि बढाइएका छन् ।
भियतनामका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूका लागि संयुक्त राष्ट्र आकस्मिक राहत समन्वयकर्ता टम फलेट्चरले संयुक्त राष्ट्र आकस्मिक राहत कोषबाट २६ लाख डलर बराबरको रकम छुट्याएका छन् ।
यस सहयोगले बसोबास, खानेपानी, सरसफाइ र खाद्य सुरक्षासम्बन्धी कार्यहरू मजबुत बनाउनेछ, जसले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने प्रवक्ताले बताए ।
इन्डोनेसियामा आचे क्षेत्र भीषण बाढीले थलिएको अवस्थामा सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद निरन्तर अघि बढाइएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघले स्वास्थ्य, खानेपानी, सरसफाइ र रसद व्यवस्थापनमा सरकारसँग समन्वय गरी सहयोग गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रहरूमा भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यकताअनुसार सम्बन्धित देशका सरकारी निकायहरूसँग निरन्तर समन्वय जारी राख्ने जनाएको छ ।
अविरल वर्षा र उष्णकटिबन्धीय चक्रवातका कारण दक्षिण तथा दक्षिणपूर्व एसियाका श्रीलङ्का, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र मलेसिया सहितका देशहरू यस वर्ष दशककै सबैभन्दा ठूलो बाढी–पहिरो प्रकोपबाट प्रभावित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण