तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि
ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औँ तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अङ्क जोडेर अग्रस्थानमा रहन सफल भएकाे छ ।
महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४–० ले पन्छाएकाे थियाे भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४–० को जीत नतिजा निकालेकाे थियाे ।
महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेल द्वयलाई पराजित गरेका छन् ।
महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावती माथि जीत दर्तागरि टोलीको ४ अङ्क बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन् ।
यस्तै साबिक विजेता थापाथली चेस पार्कले समान ४ अङ्क टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेकाे छ । पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस सङ्घलाई ४–० तथा कास्की जिल्ला सङ्घलाई ३.५ – ०.५ ले पन्छाएकाे छ ।
थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिल बहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सबिन चन्द्र घिमिरेले जित बहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन् । पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरि सँग बराबरी खेलेका छन् ।
यसैगरी ललितपुर महानगरपालिका टिमले ४ अङ्क जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेकाे छ ।
ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला सङ्घलाई ३–१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई ४–० ले पराजित हराउन सफल भयाे ।
महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।
महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् भने सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन् ।
प्रतिस्पर्धामा दोलखा जिल्ला सङ्घले समान ४ अङ्क जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदा दोलखा चेस होम्स् ४ अङ्क टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौँ स्थानमा छ ।
दोलखा जिल्ला सङ्घले कोशी प्रदेशलाई ४–० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराएकाे छ भने दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला सङ्घलाई २.५ – १.५ स्टोरमा पराजित गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण