रवि–बालेन सम्झौताबारे चन्द्र भण्डारीको टिप्पणी : हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ
सारांश
- डा. चन्द्र भण्डारीले रवि लामिछाने र बालेन शाहको एकताले अरूलाई पनि मिलेर अघि बढ्न सन्देश दिएको बताए।
- रवि लामिछाने र बालेन शाहबीच एउटै पार्टीमा चुनाव लड्ने सहमति भएको छ।
- सहमतिअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार हुनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले रवि लामिछाने र बालेन शाहबिचको एकताले अरूलाई पनि जिम्मेवारी लिन र दिन तथा विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ भन्ने सन्देश दिएको टिप्पणी गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन)बिच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएपछि भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।
‘रविजी र बालनजीको मिलनले यो सन्देश दिन्छ-अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन, र मिलेर अघि बढ्न सक्नुपर्छ। यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ’, भण्डारीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रवि र बालेनको सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढ्ने भएका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गर्ने छन् ।
सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण