जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको धारणामा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा समेत पेस गरेका छन् ।
सचिवालयले उपलब्ध गराएको लिखित धारणमा लेखकले आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै आदेश नदिएको दाबी गरेका छन्।
उनले भदौ २२ गते सुरक्षा समितिको बैठक राखेर ’कुनै हताहती नहोस्’ भन्दै संयमता अपनाउन निर्देशन दिएको तर जेनजी आन्दोलनकारीको भेषमा आएका लोकतन्त्र विरोधी तत्त्वले ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनलाई ’हाइज्याक’ गरेको जिकिर गरेका छन्।
लेखकले आयोगलाई बुझाएको जवाफमा गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीकै हातमा हुने भन्दै गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्।
राज्यका प्रमुख अङ्गहरूमाथिको आक्रमणलाई उनले लोकतन्त्र सिध्याउने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएर नैतिकताको आधारमा तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण