वसन्तपुरमा मनाइयो टोपी दिवस (तस्बिरहरू)
सारांश
- आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो।
- युवाहरूले 'नेपाली टोपी: हाम्रो पहिचान' नाराका साथ यो दिवस मनाए।
- विसं २०७० देखि दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई स्थापित गर्न यो दिवस मनाउन थालिएको हो।
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई नेपाली मौलिकता झल्काउने पर्वका रूपमा मनाउँदै आज काठमाडौँसहित देशभर ‘राष्ट्रिय पोसाक तथा टोपी दिवस’ सम्पन्न भएको छ ।
‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान र मौलिकता’ भन्ने मूल नाराका साथ स्वदेश र विदेशमा रहेका नेपाली समुदायले आफ्ना मौलिक सांस्कृतिक धरोहरको संरक्षण र संवर्द्धनका लागि यो दिवस मनाएका हुन् ।
_nJ5c04jBeE.jpg)
राजधानीमा जागरूक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान लगायतका विभिन्न सङ्घ संस्थाहरूको नेतृत्वमा प्रभातफेरी, सांस्कृतिक प्रदर्शनी र विशेष कार्यक्रमहरूको आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले दौरा–सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी र गुन्यू–चोलो जस्ता परम्परागत नेपाली पोशाकमा सजिएर सडकमा र्याली निकाल्दै राष्ट्रिय पहिचानको रक्षा गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए ।
यो दिवसको लहरले पछिल्लो समय नेपाली समाजमा, विशेष गरी युवा पुस्तामा राष्ट्रिय पोसाकप्रतिको आकर्षण र गौरव बढाउन ठोस योगदान पुर्याएको आयोजकले जनाएको छ । यसका साथै आफ्ना मौलिक कला र संस्कृतिको जगेर्नाका लागि ठोस नीति ल्याउन यो अभियानले सरकारलाई समेत निरन्तर दबाब दिँदै आएको छ ।
_FXoYFIHQdp.jpg)
_dyNs2j2UV6.jpg)
_jslmjoUpgp.jpg)
_waH3hQs6e0.jpg)
_DmgVcPWzlb.jpg)
_DhBz6L6BHX.jpg)
_6SJ0hRAS6C.jpg)
_2dk41S9sPC.jpg)
_7zvj3kAmos.jpg)
_b7wgaHhDE0.jpg)
_A0qvafFhIC.jpg)
_bxFeDlze5T.jpg)
_SukwaI4ti2.jpg)
_pxLOjO8pPo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण