युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दावी
युक्रेन । युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र र ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।
“ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,” गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेखेका छन् ।
रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएका छन् ।
युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रूसी नियन्त्रणमा परेको थियो।
सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण