प्रतिनिधिसभा सदस्य निर्वाचनः तयारी तीव्र, कार्यालय स्थापना
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।
जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरेलाई निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापनासमेत गरिएको छ । जिल्लामा निर्वाचनका लागि दुई हजार ४०० कर्मचारी तथा एक हजार २०० स्वयंसेवक खटाइने जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दुईवटा निर्वाचन क्षेत्रमध्ये १८९ मतदानस्थल, चार सय मतदान केन्द्रमा मतदान गर्ने तीन लाख २६ हजार ६११ मतदाता छन् ।
जिल्लामा दुई हजार २६९ निर्वाचन प्रहरी खटाइने भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् ।
यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला, अन्य दुई मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण