सुर्खेतमा ईभी गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ लाटिकोइलीका अन्दाजी ४२ वर्षीय पदमबहादुर विसी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सोमबार बिहान सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको क.प्र. ०२००१ ज ०६२३ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आइरहेको भे. ६ प ३३२१ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर नगरपालिका- ११ को भाङ्घारी नजिक आपसमा ठोक्किएका थिए ।
दुर्घटनालगत्तै विसीलाई प्रदेश अस्पताल कालागाउँ लगिएकोमा उपचारकै क्रममा बिहान १० बजेतिर मृत्यु भएको उनले बताए । ‘दुर्घटनामा मोटरसाइकल चालक रहेका विसी गम्भीर घाइते भए,’ बुढ्थापाले भने, ‘उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।’
डीएसपी थापाका अनुसार ईभी गाडीका चालक वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण