टाइगर कप: महिला तर्फको उपाधि न्यु डायमन्डलाई
शुक्रबार, १६ माघ २०८२, १२ : ४८
सारांश
- टिप टप न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीले छैटौँ संस्करणको टाइगर कप महिला भलिबलको उपाधि जित्यो।
- फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो।
- न्यु डायमन्डले उपाधिसँगै ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्यो।
काठमाडौँ । टिप टप न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीले छैटौँ संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएको हो । पहिलो सेट २५–११ मा जितेको न्यु डायमन्डले दोस्रो सेट २५–२२ मा आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–१६ ले जित्न सफल भयो ।
प्रथम भएको न्यु डायमन्ड ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ प्राप्त गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण