क्रिप्टो कारोबारः गैरकानुनी आर्जनविरुद्ध २० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौँ । कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध जिल्ला अदालत काठमाडौँमा करिब २० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोग लगाउँदै गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको भन्दै सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न मागदाबी गरेको छ । साथै बरामद भएका मोबाइल फोन र सिमकार्डहरू समेत जफत गर्न माग गरेको छ ।
प्रहरीले सेफलाई गत २०८२ मंसिर १० गते साँझ काठमाडौंको भद्रकालीबाट शंकास्पद अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले खानतलासी गर्दा दुई वटा मोबाइल फोन बरामद भएको थियो । मोबाइलको प्रारम्भिक चेकजाँचका क्रममा उनको 'बाइनन्स' एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेन्सीको ठुलो कारोबार भएको फेला परेको थियो ।
अभियोग पत्रका अनुसार सेफले कुल १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको देखिएको छ । उनले विभिन्न १० वटाभन्दा बढी बैंकहरू (नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ विकास बैंक, सिद्धार्थ बैंकलगायत) बाट करोडौंको कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।
उनको बैंक स्टेटमेन्ट विश्लेषण गर्दा डेबिटतर्फ करिब ६ करोड ६१ लाख र क्रेडिटतर्फ ६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको पाइएको छ ।
सेफले बयानका क्रममा आफू करिब ८–९ महिना अघि मुराध आलम भन्ने व्यक्तिमार्फत यो कारोबारमा जोडिएको स्वीकार गरेका छन् । मुराधले उनलाई क्रिप्टोमा लगानी गर्दा राम्रो फाइदा हुने प्रलोभन देखाएर बाइनन्स एकाउन्ट खोलिदिएको र उनले सोहीमार्फत कारोबार सिक्दै अरूलाई समेत डिजिटल मुद्रा बिक्री गर्ने गरेको खुलेको छ ।
काम गरेबापत उनले मासिक २०० देखि २५० अमेरिकी डलर पाउने गरेको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण