मुलपानी पुलमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु
मङ्गलबार, २७ माघ २०८२, २० : ४३
काठमाडौँ । काठमाडौँको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट स्कुटर पछाडि सवार महिलाको मृत्यु भएको छ ।
मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा दुर्घटना हुँदा ४६ वर्षीय रोशना दुवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मुलपानीबाट दुवाकोट तर्फ जाँदै गरेको बा.३ ख ३९५४ नम्बरको ट्यांकरले ठक्कर दिँदा घाइते भएकी रोशनाको उपचारको क्रममा मृत्यु भएको हो । दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडी सवार थिइन् । २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मुलपानी तर्फ आउँदै थियो ।
ट्यांकर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाबिर तामाङलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण