शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुलपानी पुलमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु

मङ्गलबार, २७ माघ २०८२, २० : ४३
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । काठमाडौँको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट स्कुटर पछाडि सवार महिलाको मृत्यु भएको छ ।

मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा दुर्घटना हुँदा ४६ वर्षीय रोशना दुवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

मुलपानीबाट दुवाकोट तर्फ जाँदै गरेको बा.३ ख ३९५४ नम्बरको ट्यांकरले ठक्कर दिँदा घाइते भएकी रोशनाको उपचारको क्रममा मृत्यु भएको हो । दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६  नम्बरको स्कुटरमा पछाडी सवार थिइन् । २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मुलपानी तर्फ आउँदै थियो । 

ट्यांकर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाबिर तामाङलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप