जेनजी विद्रोहमा सरकारबाट गल्ती भयो, कमजोरीको जिम्मा कांग्रेसले लिन्छ : गगन थापा
सारांश
- गगन थापाले जेनजी विद्रोहमा सरकारको गल्ती स्वीकार गर्दै पार्टीले जिम्मेवारी लिने बताए।
- उनले आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति क्षमा माग्दै युवाहरूको भावनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।
- थापाले असैद्धान्तिक गठबन्धन नगर्ने र आफ्नै एजेन्डामा अघि बढ्ने कुरा व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेनजी विद्रोहका क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले उक्त घटनाका कमजोरीप्रति आफ्नो पार्टीले जिम्मेवारी लिने स्पष्ट पारेका हुन् ।
आन्दोलनको समयमा कांग्रेस सरकारको प्रमुख सहयात्री रहेकाले त्यसबेला भएका प्रशासनिक तथा राजनीतिक त्रुटीको जिम्मा लिन पार्टी तयार रहेको उनको भनाइ छ। सभापति थापाले सम्बोधनका क्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका आफन्तसँग सार्वजनिक रूपमा क्षमा समेत मागेका छन्।
उनले २००७, २०४६ र २०६३/६४ सालका ऐतिहासिक जनआन्दोलनहरूमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको र ती आन्दोलनप्रति सधैँ गौरव गर्ने गरेको स्मरण गराए। तर, भदौ २३ र २४ गते युवाहरूले सडकबाट उठाएका मागहरूलाई सम्बोधन गर्न सके मात्रै ती गौरवका गाथाहरूले पूर्णता पाउने थापाको तर्क छ। उनले अबका दिनमा कांग्रेस जेन–जी युवाहरूको भावना र चाहना अनुसार नै अगाडि बढ्ने प्रतिज्ञा गरे।
यसैगरी थापाले अबको राजनीतिमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सत्ताका लागि मात्र गरिने गठबन्धनले लोकतन्त्र र राजनीतिक स्थिरतालाई कमजोर बनाएको स्वीकार गर्दै उनले कांग्रेस अब आफ्नै एजेन्डा र शक्तिमा अगाडि बढ्ने संकेत गरे।
आगामी निर्वाचनमा मतदाताहरूलाई नयाँ आशा र भरोसा दिलाउनका लागि पनि विगतका गल्तीहरू सुधार्दै अघि बढ्नुको विकल्प नभएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण