अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्छः सभापति थापा
बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धीकरण गर्ने बताए । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धीकरण गर्ने उनको भनाइ छ ।
सम्पत्ति शुद्धीकरणको रोलक्रममा आफू आग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धीकरण गर्ने जनाउँदै सभापति थापाले भष्टाचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राखे । 'म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेन्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धीकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धीकरण गरिने छ,' उनले भने ।
सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदान सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गरे ।
चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिए । उनले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गरे । मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उनको भनाइ थियो ।
आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण