आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मौन अवधिमा भ्रामक सामग्री फैल्याइए तत्काल रिपोर्ट गर्न सभापति थापाको आग्रह

मङ्गलबार, १९ फागुन २०८२, १९ : ४५
मङ्गलबार, १९ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत निर्वाचनको मौन अवधिमा पार्टी र उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाइएको आरोप लगाएका छन् ।

मंगलबार साँझ सार्वजनिक गरिएको एक स्टाटसमा थापाले निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध असत्य कथा, भ्रामक सूचना तथा ‘हेर्फेर गरिएका’ भिडियोहरू सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा फैलाइएको उल्लेख गरेका हुन् ।

उनले यस्तो गतिविधि आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएको टिप्पणी गरेका छन् । थापाले गलत र भ्रामक सूचनाविरुद्ध सचेत रहन तथा सक्रिय सहभागिता जनाउन सर्वसाधारणसँग आग्रह गरेका छन् ।

थापाले फेसबुक, टिकटक, युट्युबलगायत प्लेटफर्ममा पार्टी वा उम्मेदवारबारे कुनै पनि ‘फेक’ सामग्री देखिए तत्काल ‘रिपोर्ट’ गर्न भनेका छन् । साथै, कुनै पनि सामग्री सेयर गर्नुअघि एकछिन रोकी त्यसको सत्यता जाँच गर्न पनि उनले अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप