मिराजको प्रश्नः कांग्रेसको समर्थन गर्यो भन्दैमा कतिमा बिक्यौ भन्ने ?
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ सामाजिक सञ्जालमा राजनीतिक दलहरू र उनीहरूको समर्थनमा देखिएको अन्धभक्तिको प्रवृत्तिबारे कडा कटाक्ष गरेका छन् ।
उनले नेपाली कांग्रेसको समर्थन गरेकै कारण ‘कतिमा बिक्यौ’ भन्दै गाली गर्नेहरूलाई उल्टै प्रश्न गर्दै ‘तिमीहरू कतिमा बिकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका हौ ?’ भनी चुनौती दिएका छन् ।
केही दिनअघि सर्लाही पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सघाउने निर्णय गरेपछि उनलाई कांग्रेस प्रवेश गरेको भनी सर्वत्र चर्चा भइरहेको सन्दर्भमा ढुंगानाको यो भनाइ आएको हो ।
आफ्नो लामो पोस्टमा ढुंगानाले रास्वपालाई नयाँ र कांग्रेसलाई पुरानो दल भनिए पनि संगठन र इतिहासको हिसाबले मात्र यो फरक हुने बताएका छन् । उनले अवस्था र परिस्थितिले धेरै कुरा परिवर्तन गर्ने उल्लेख गर्दै ‘सबै नराम्रा मान्छे एउटै पार्टीमा हुँदैनन्’ भन्ने तर्क राखेका छन् ।
समस्या प्रायः नेतृत्वमा हुने उनको भनाइ छ । उनले अन्य दलमा जस्तै रास्वपाका नेताहरू पनि विवादमुक्त नरहेको स्पष्ट पारेका छन् ।
राम्रो कामलाई राम्रो भन्न पाउनुपर्ने आफ्नो अधिकारको वकालत गर्दै ढुंगानाले कांग्रेसको समर्थन गरेको भन्दै ‘कतिमा बिक्यौ ?’ भनेर गाली गर्नेहरूलाई सोही प्रश्न फिर्ता गरेका हुन् । उनले विचार राख्नु कुनै अपराध नभएको र अन्धभक्त हुनुभन्दा सच बोल्न सक्नु नै साहस भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण