रास्वपाकी उम्मेदवार गुरुङ विजयी
कास्की । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने एकमात्र महिला उम्मेदवार बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वीना गुरुङले इतिहास रचेकी छन्। समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी वीना कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट भारी मतका साथ विजयी भएकी हुन्।
मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वीनाले ३७ हजार ७५० मत प्राप्त गरेकी छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई झण्डै २५ हजारको विशाल मतान्तरले पराजित गरिन्। पराजित मनोज गुरुङले १२ हजार ७८० मत मात्रै बटुल्न सके।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ६५ हजार ४०७ मत खसेको थियो। गणनाको सुरुदेखि नै अग्रता लिएकी वीनाले अन्तिम नतिजा आउँदासम्म आफ्नो बर्चस्व कायम राखिन्। यो जितसँगै गण्डकी प्रदेशबाट प्रत्यक्षतर्फ संघीय संसदमा महिला प्रतिनिधित्व शून्य हुने जोखिम टरेको छ।
लामो समयदेखि सामाजिक कार्य र व्यावसायिक क्षेत्रमा सक्रिय वीनाको यो जितलाई कास्कीमा 'परिवर्तनको लहर' का रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण