इनिसा मृत्यु प्रकरण संसद्मा प्रवेश : युट्युबरले हैरान बनाएपछि मुख्यमन्त्रीले दिए जवाफ
सारांश
- कर्णाली प्रदेशको संसदमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्याको घटनाबारे छलफल भयो।
- मुख्यमन्त्रीले युट्युबरले आफूलाई जोडेर गलत प्रचार गरेको भन्दै प्रष्टीकरण दिए, तर आलोचना रोकिएन।
- संसदमा मुख्यमन्त्रीले पीडित परिवारलाई न्याय दिलाउने र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाले कर्णाली प्रदेशको संसद्मा पनि प्रवेश पाएको छ । बिहीबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीदेखि प्रतिपक्षका सांसदहरुले उक्त घटनाबारे बोलेका हुन् ।
सुरुमै बोलेका मुख्यमन्त्री यामलाल कँडेलले युट्युबरले उक्त घटनामा आफूलाई जोडेर गलत तरिकाले प्रचार गरिएको विषयमा प्रष्टीकरण दिए । इनिसा विकको घटना फागुन २३ गते घटेको थियो । मुख्यमन्त्री कँडेल फागुन २८ गतेतिर बिहान वीरेन्द्रनगर नगरपालिका-१ मा रहेको इनिसाको परिवारसँग भेट्न घरमै पुगेका थिए ।
त्यहाँ उनले इनिसाकी आमासँग भेटेर न्याय दिलाउने भन्दै सान्त्वना दिएर फर्किए । तर, त्यही बाहिर रहेका युट्युबरले उनीसँग कुरा गर्न खोज्दा कँडेलले बोलेनन् । अनि युट्युबरले केही युवाहरूसँग प्रतिक्रिया लिए ।
ती युवाहरूले मुख्यमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्नु छाडेर ‘पीडित परिवारलाई शव कहिले उठाउनुहुन्छ ?’ भनेर भनेको भन्दै भनिदिए ।
उक्त कुरा सामाजिक सञ्जालमा भाइरल बन्यो र कँडेलको आलोचना भयो । युट्युबरले गर्दा मुख्यमन्त्री कँडेललाई हैरान बनाएपछि सामाजिक सञ्जालमा प्रष्टीकरण दिए । तर पनि तथा सामाजिक सञ्जालमा उनको आलोचना रोकिएन ।
बिहीबारको संसदमा उनले यही विषयमा प्रष्टीकरण दिए । ‘आफ्नो कर्तव्य ठानेर मृतकको परिवारलाई भेट्न गएको थिएँ, मलाई लाग्छ उक्त घटनामा संलग्नहरूलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारबाही हुन्छ नै, प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजीकरण गर्ने कुरा मैले मृतकको आमासँग व्यक्त गरेको थिएँ,’ कँडेलले संसदमा जवाफ दिँदै भने, ‘तर त्यसलाई केही भ्रम सिर्जना गर्ने गरी प्रचार गरिए ।’
कँडेलले थपे, ‘दुःखद घटनाहरूको निन्दा, भर्त्सना गर्नुपर्ने हुन्छ । कानुनले भ्याएसम्म दण्डित गरेर अगाडि बढ्ने परिस्थिति र अवस्था हामीले निर्माण गर्नुपर्ने हुन्छ ।’ त्यसो गर्दा मात्रै सुरक्षित समाज निर्माण गर्न सकिने उनले बताए । तर विरोधका नाममा आफै फैसला गर्ने, आफै अनुसन्धान गर्ने, आफै गर्ने तरिकाले समाजमा के कस्तो प्रभाव पर्छ रु भन्दै उनले प्रश्न गरे ।
कँडेलले युट्युब तथा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो आफूले पीडित परिवारसँग कुनै संवाद नगरेको उनले बताए । साथै उनले अहिले उक्त घटनामा केन्द्रीय तहको अनुसन्धान पनि सुर्खेतमै आएर भइरहेको संसद्लाई जानकारी गराए ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि युट्युबरले घटनामा आफैँ न्यायाधीश बनेर फैसला गरिरहेको भन्दै आपत्ति जनाए ।
‘घटनाको विषयमा अनुसन्धान भइरहेका बेला युट्युबमा विभिन्न तरिकाले प्रचार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थाले समाज कहाँ पुग्न ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण