बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
सारांश
- गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले व्यक्तिगत कारणले राजीनामा दिएकी छिन् ।
- सरकार बजेट निर्माणको तयारीमा जुटिरहेका बेला आयोग सदस्य विहीन भएको छ ।
- लामिछानेले व्यक्तिगत र व्यावसायिक व्यस्तताका कारण आयोगको जिम्मेवारीमा पूर्ण समय दिन नसक्ने भन्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाएकी हुन् ।
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले राजीनामा दिएकी छिन् । सरकार बजेट बनाउने चटारोमा छ । असार १ गते प्रस्तुत हुने बजेटका लागि मन्त्रालयगत छलफल तीव्र भइरहेको छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ । तर, नीति तथा कार्यक्रम र बजेट निर्माणमा प्रमुख भूमिका हुने नीति तथा योजना आयोग भने सदस्य विहीन भएको छ । सदस्य लामिछानेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएकी हुन् । उनले जेठबाटै लागू हुने गरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पत्र बुझाएकी हुन् ।
व्यक्तिगत र व्यावसायिक व्यस्तताका कारण आफूले आयोगको जिम्मेवारीमा पूर्ण रूपमा समय दिन नसक्ने अवस्था सिर्जना भएकाले पदबाट बाहिरिने निर्णय गरेको उनले लेखेकी छिन् । गण्डकीको नीति तथा योजना आयोगमा एक उपाध्यक्ष र दुईजना सदस्य रहने व्यवस्था छ ।
उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा र सदस्य लामिछाने कांग्रेस कोटामा नियुक्त भएका हुन् । एमाले कोटाबाट नियुक्त भएका सदस्य डा. योगेन्द्रराज रिजाल कायम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण