कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
सारांश
- कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको र विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नियन्त्रणमा लिइएको हो ।
- नम्बर प्लेट बिनाका यी गाडीका कागजात भन्सारसँगको समन्वयमा जाँच गरिनेछ ।
काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।
बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने ती अधिकृतले बताए । उनले भने, ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गर्र्छाैं त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुन अनुसार हुन्छ ।’
बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशङ्का गरिएको छ । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘बिवाईडी लगायतका विद्युतीय गाडीहरू छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण