जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा
कालीकोट । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।
विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।
विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।
सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण