मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप २०२६ मा आफ्नो मनपर्ने देश सहभागी नभएको उल्लेख गरेका छन् ।
- उनले आफ्नो फेसबुक प्रोफाइलमा स्टाटस लेख्दै धेरैले सोधेको प्रश्नको जवाफमा आफ्नो मनपर्ने देशले विश्वकप नै नखेलेको बताएका हुन् ।
- धेरैले उनले नेपाललाई नै आफ्नो रोजाइको राष्ट्र भन्न खोजेको बुझेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप २०२६ मा आफ्नो मनपर्ने (फेवरेट) देश सहभागी नभएको उल्लेख गरेका छन् । शनिबार साँझ पाँच लाख ६८ हजार फलोवर भएको आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलमा एक स्टाटस लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'धेरै जना साथी भाईले सोध्नुभो, तपाईंको फेवरेट देश कुन वर्ल्डकपमा ? मेरो फेवरेट देशले खेलेकै छैन !
शनिबार साँझ साढे सात बजेतिर सार्वजनिक गरिएको उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रकारका अनुमान र टिप्पणी गरिरहेका छन् । नेपाल हालसम्म फिफा विश्वकपमा छनोट नभएकाले उनले देशप्रतिको प्रेम दर्शाउँदै नेपाललाई नै आफ्नो रोजाइको राष्ट्र भन्न खोजेको धेरैको बुझाइ छ ।
यद्यपि, कमेन्ट बक्समा कतिपय प्रयोगकर्ताले विश्वकपमा छनोट हुन संघर्ष गरिरहेका अन्य स्थापित राष्ट्र वा इटालीतर्फ संकेत गरेका छन् भने कसैले व्यङ्ग्यात्मक रूपमा छिमेकी मुलुक भारतको नाम पनि उल्लेख गरेका छन् ।
अर्कातर्फ, आइतबार बिहान पौने चार बजे तय भएको ब्राजिलको खेलअगाडि आएको यस स्टाटसलाई लिएर कतिपयले बालेनको समर्थन ब्राजिलतर्फ रहेको र यो स्टाटस केवल ठट्टा मात्र हुन सक्ने भन्दै लख काटेका छन् ।
यद्यपि, अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनले 'नेपाल'लाई नै संकेत गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण