शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा

शनिबार, ३० जेठ २०८३, २० : ४७
शनिबार, ३० जेठ २०८३

बागलुङ ।  जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा बालुवा उत्खनन् गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिपर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार ती सवारीसाधान बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सावारीसाधानलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिए । उनले भने, “सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन् गरी ओसारपसार गरिरहेका सवारीसाधानलाई नियन्त्रणमा लिएका छौँ । ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ । प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउँनासाथ नियन्त्रण लिन्छौँ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप