च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
सारांश
- च्याटजिपिटी निर्माता कम्पनी ओपनएआई र प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानविरुद्ध क्यानडाकी एक वेब डेभलपरकी आमाले अमेरिकामा मुद्दा दायर गरेकी छन् ।
- मुद्दामा एलिसले आत्महत्यासम्बन्धी विचार र योजनाबारे च्याटजिपिटीसँग बारम्बार कुराकानी गर्दा समेत कम्पनीले आवश्यक हस्तक्षेप नगरेको आरोप लगाइएको छ ।
- ओपनएआईले यो दुःखद घटना भएको बताउँदै हालका मोडेलहरूमा सुरक्षा उपाय सुदृढ पारिएको जनाएको छ ।
अमेरिका । क्यानडाकी २४ वर्षीया वेब डेभलपर एलिस क्यारियरको आत्महत्यापछि उनकी आमाले च्याटजिपिटी निर्माता कम्पनी ओपनएआई र उसका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानविरुद्ध अमेरिकामा मुद्दा दायर गरेकी छन् । मुद्दामा एलिसले आत्महत्यासम्बन्धी विचार र योजनाका बारेमाक बारम्बार च्याटजिपिटीसँग कुराकानी गर्दा समेत कम्पनीले आवश्यक हस्तक्षेप नगरेको आरोप लगाइएको छ ।
मोन्ट्रियलमा बस्दै आएकी एलिस मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनी औषधोपचार र नियमित मनो परामर्शमा रहे पनि एक्लोपन र निराशाका अनुभूतिबारे च्याटजिपिटीसँग लामो समयसम्म कुराकानी गर्ने गर्थिन् ।
अदालतमा दर्ता गरिएको उजुरीअनुसार उनले ४० पटक भन्दा बढी आत्महत्यासम्बन्धी विषयमा च्याटबोटसँग संवाद गरेकी थिइन् ।
सन् २०२५ जुलाई २ मा एलिसले आत्महत्या गरिन् । त्यसअघि उनले आमासँग सामान्य कुराकानी गरेकी थिइन् र परिवारले कुनै असामान्य सङ्केत पाएका थिएनन् । पछि उनकी आमाले छोरीका मोबाइल लगायतका सामाग्री जाँच गर्दा च्याटजिपिटीसँग भएका संवेदनशील संवादहरू फेला पारेकी थिइन् ।
४४ पृष्ठ लामो उजुरीमा ओपनएआईले आत्महत्याको जोखिम देखिने स्पष्ट सङ्केतहरू हुँदाहुँदै पनि परिवार वा उद्धार सहायता सेवाहरूमा जानकारी नदिएको आरोप लगाइएको छ । उजुरीअनुसार च्याटजिपिटीले सुरुमा सङ्कट सहायता केन्द्रमा सम्पर्क गर्न सुझाव दिए पनि पछि त्यसलाई निरुत्साहित गर्ने खालका प्रतिक्रिया दिएको थियो । आत्महत्याभन्दा केही घण्टाअघि च्याट बोटले ‘सायद यो अन्तिम नै हो’ भन्ने भाव झल्किने प्रतिक्रिया दिएको दाबी गरिएको छ ।
ओपनएआईले भने यो अत्यन्त दुःखद घटना भएको बताउँदै सम्बन्धित संवादहरू अहिले उपलब्ध नभएको पुरानो संस्करणको च्याटजिपिटीमा भएको जनाएको छ । कम्पनीका अनुसार हालका मोडेलहरूमा आत्महत्यासम्बन्धी जोखिम पहिचान गर्ने र प्रयोगकर्तालाई वास्तविक सहयोगको मार्गदर्शन गर्ने सुरक्षा उपायहरू थप सुदृढ बनाइएको छ ।
एलिसकी आमा क्रिस्टी क्यारियरले छोरीको मृत्यु व्यर्थ नहोस् भन्ने चाहना व्यक्त गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा उपाय अपनाउनुपर्ने माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
-
बालुवामा पुरिएर मजदुरको मृत्यु
-
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
-
विश्वकपका यादगार गोलहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण