रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत दाङको घोराहीमा शनिबार साँझदेखि मतदान सुरु भएको छ। सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन गर्न मतदान प्रक्रिया अघि बढाइएको हो।
निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापति पदका उम्मेदवारमा शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मञ्जु भुसाल, मधु अर्याल र अर्घाखाँचीका गोपाल घिमिरे रहेका छन्।
४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आएका ८ सय ४३ जना प्रदेश प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरिरहेका मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
यसअघि सम्पन्न उद्घाटन समारोहलाई रास्वपाका महामन्त्री भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्यलगायत नेताहरूले सम्बोधन गरेका थिए।
निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले लुम्बिनी प्रदेशमा पार्टी संगठन विस्तार तथा सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण