आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी

शनिबार, ३० जेठ २०८३, २२ : ४७
शनिबार, ३० जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् ।
  • उत्सव अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई २ मतको भारी अन्तरले पराजित गरेका हुन् ।
  • निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे भने डा. लामिछानेले ४१४ मत प्राप्त गरे ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे । 

प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए । सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो । जसमा अर्यालले बाजी मारेका हुन् ।

केन्द्रीय संगठन विभाग उपप्रमुख श्रेष्ठका अनुसार सभापति पदको टुङ्गो लागे पनि अन्य पदाधिकारीहरूको चयनका लागि भने अहिले दोस्रो चरणको निर्वाचन प्रक्रिया चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप