बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
सारांश
- बाजुरा र हुम्लाको सीमा विवाद समाधान नहुँदा सशस्त्र प्रहरी बलको टोली लाम्पाटामा तैनाथ गरिएको छ।
- सशस्त्र प्रहरी बलको टोलीले सो स्थानमा अस्थायी सुरक्षा वेश स्थापना गर्नेछ, जसको निर्देशन प्रधान कार्यालयबाट हुनेछ।
- केन्द्रीय सुरक्षा समितिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको छ।
काठमाडौँ । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।
सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापनाको गरिने भ)को छ । सो अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाट नै हुनेछ ।
सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली सो ठाउँमा खटिएको हो । केही दिन यता सो क्षेत्रमा सीमा विवाद चर्किएको थियो ।
शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण