बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा
बुधबार, ११ चैत २०८२, १३ : ०८
तनहुँ । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–६ बगरखोला क्षेत्रमा अवैध रूपमा गिट्टी ‘लोड’ गरिरहेको अवस्थामा आज सवारीसाधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनमा लु१क ३२४१ नम्बरको जेसिबी, ग१क ५४४२ नम्बरको टिपर र ग१ख ७४३६ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उक्त सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाइएको उनले बताए । प्रहरीले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिनेसमेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण