शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

मङ्गलबार, १७ चैत २०८२, १४ : ५५
मङ्गलबार, १७ चैत २०८२

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले गरेका हुन्।

विमानस्थललाई ट्रम्पको नाममा पुनःनामकरण गर्ने सहमतिमा हस्ताक्षर भइसकेको र आगामी जुलाई १ देखि औपचारिक रूपमा लागू गरिने जनाइएको छ।

सामाजिक सञ्जाल एक्स मार्फत जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले पुनःनामकरण प्रक्रियामा सहयोग गर्ने रोन डीसान्टिससहित फ्लोरिडाका महान्यायाधिवक्ता र हाउस प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।

यद्यपि, उड्डयन प्रशासनले भने विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अझै अनुमोदन नगरेको स्पष्ट पारेको छ।

ट्रम्प परिवारले गत फेब्रुअरीमै विमानस्थल पुनःनामकरणका लागि आवेदन दिएको सीबीएस न्युजले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप