रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश खारेजी र संघीयता पुनर्संरचनाको प्रस्तावपछि मधेसकेन्द्रित दलका नेताहरूले आन्दोलनको तयारी गरेका छन् ।
- आन्दोलनका लागि छुट्टै गैरदलीय संगठन बनाइने र यसमा राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू रहने निर्णय भएको छ ।
- संघीयता जोगाउनका लागि दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने र यसमा विभिन्न क्षेत्रलाई जोड्ने योजना छ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेसमा आन्दोलनको तयारी सुरु भएको छ ।
आज (शनिबार) मधेसकेन्द्रित दलका नेता तथा केही नागरिक अगुवाहरूले बैठक बसी आन्दोलनमा जाने निर्णय गरेका छन् ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता र रामकुमार शर्मालगायत नेताहरू तथा केही नागरिक अगुवाहरूको उपस्थिति थियो ।
'आन्दोलनका लागि छुट्टै संगठन बनाइने तर त्यो राजनीतिक दल हुने छैन,' बैठकमा सहभागी एक नेताले भने, ‘राजनीतिक दलले भन्दा पनि एउटा छुट्टै गैरदलीय संगठन बनाएर आन्दोलन गरिनेछ, जसमा राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरू रहने छन् ।’
रास्वपा पहिलेदेखि नै संघीयताविरोधी पार्टी भएको र अहिलेको महाधिवेशनले त्यसलाई पुष्टि गरेको नेताहरूको भनाइ छ ।
संघीयता जोगाउनका लागि दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने र उक्त आन्दोलनमा हरेक पार्टीका व्यक्ति तथा नागरिक समाजलगायत क्षेत्रलाई जोड्ने योजना नेताहरूले बनाएका छन् । आन्दोलनको अगुवाइ कसले गर्ने र संगठनको नाम के राख्ने भन्ने विषय अझै तय भइसकेको छैन, तर गैरराजनीतिक रूपमा आन्दोलनमा जानुपर्ने सहमति भएको ती नेताले बताए ।
यस बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने बोलाइएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण