शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

रवि लामिछानेले अब वारेसमार्फत मुद्दा लड्न पाउने

बिहीबार, १९ चैत २०८२, १९ : १७
बिहीबार, १९ चैत २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले वारेसमार्फत मुद्दा लड्न पाउने अनुमति दिएको छ । 

सानो पाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतका न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले लामिछानेको माग बमोजिम वारेस राख्ने अनुमति दिएको हो ।

योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप