सन् २०२५ मा ३२६ जना मानव अधिकारवादी कामदारको हत्या : राष्ट्रसंघ
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप–महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गरेका छन् । गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरुको सङ्ख्या एक हजार भन्दा बढी पुगेको जनाउदै उहाँले पछिलो समयमा मानवीय कामदारहरूलाई लक्षित गरी आक्रमणहरु वृद्धि भएको चेतावनी दिएका छन्।
मानवतावादी कामदार र संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भएको साक्षातकारमा फ्लेचरले विगत तीन वर्षमा गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा ५६० जना भन्दा बढी मृत्यु भएको जनाएको छ।
अघिल्लो अवधिको तुलनामा विगत तीन वर्षमा मृत्युको सङ्ख्या तीन गुणा बढेको उल्लेख गर्दै उनले यो वृद्धि केवल संयोग मात्र नभई सुरक्षा प्रणालीको पतन भएको बताए।
उनले मानवतावादी कामदारहरू युद्व प्रभावितहरुलाई खाना, पानी, र औषधि गलायतका अत्यावश्यक सामाग्री वितरण गर्दै गर्दा मारिएको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण