शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

मङ्गलबार, ०१ वैशाख २०८३, १८ : ११
मङ्गलबार, ०१ वैशाख २०८३

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ । सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप