सिद्धबाबा सुरुङ मार्गबाट दसैँसम्म गाडी गुडाउने लक्ष्य
सारांश
- सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ र आगामी दसैँसम्म गाडी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
- सुरुङभित्रको ढलान तथा लाइनिङको काम तीव्र गतिमा भइरहेको छ भने बाह्य संरचना निर्माणको काम पनि जारी छ।
- सुरुङ सञ्चालनमा आएपछि यात्रुहरूले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा भइरहने पहिरो र ढुङ्गा खस्ने जोखिमबाट मुक्ति पाउनेछन्।
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत छ ।
सुरुङ मार्गको ब्रेकथ्रु भएसँगै भौतिक संरचना निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख नवराज बास्तोलाले रातोपाटीलाई बताए ।
अहिले सुरुङको भित्री भागका भुइँ ढलान, भित्तो लेपनको लगायत काम सम्पन्न भएको उनले जानकारी दिए । तीन वटै बाइपासको एकैसाथ काम भएको उनको भनाइ छ ।
उक्त सुरुङ मार्गको लाइनिङ सम्बन्धी काम कुल १५२० मिटर सम्पन्न भएको छ । यहाँ इन्भर्ट (भुइँको ढलान कार्य)पनि सकिएको छ भने दुवै किनारमा नालीको बेस पनि निर्माण गरिएको छ ।
_6r5eQrFCAy.jpg)
सुरुङभित्र सडक निर्माणको काम आगामी साउन अन्तिममा सकिनेगरी काम भइरहेको आयोजना प्रमुख बास्तोलाको भनाइ छ । बाहिरका अन्य काम पूरा गरेर आगामी दसैँसम्म गाडी गुडाउन मिल्ने बनाउने लक्ष्य राखिएको उनले बताए ।
यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी)सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०८३ चैत सम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
अहिले दैनिक २५० जनाभन्दा धेरै कामदार यो आयोजना निर्माणमा परिचालित रहेको निर्माण कम्पनीको दाबी छ । उक्त सुरुङ मार्ग सञ्चालनमा आएपछि निरीक्षण गर्न आवश्यक पर्ने भवनसमेत बुटवल सडक कार्यलयको कम्पान्डभित्र निर्माणाधीन छ । यस्तै दुई वटा टनेल बाहिर कन्ट्रोल भवन निर्माणको काम चलिरहेको छ । सुरुङ मार्ग सुरक्षाका लागि ती कन्ट्रोल भवन उत्तर र दक्षिण प्रवेशद्वारमा निर्माणका क्रममा रहेको आयोजना प्रमुख बास्तोलाले बताए ।
कन्ट्रोल बिल्डिङमा सुरुङ मार्गभित्रका गतिविधि अवलोकन गरिन्छ । भित्र दुर्घटना भए–नभएको, प्रदूषणको अवस्था, ध्वनिको अवस्था, हावाको गति आदि कम्प्युटर स्क्रिनबाटै अवलोकन गर्न सकिने उनले प्रस्ट्याए ।
_itzaivMLcR.jpg)
सिद्धबाबा सुरु मार्ग निर्माणपछि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता गर्ने बेलामै मर्मतको म्याद ५ वर्ष राखिएको आयोजना प्रमुख बास्तोलाले खुलाए ।
ठेकदार कम्पनीले यहाँ सुरक्षाको व्यवस्था, उपकरणहरू जडान, वायरिङ, भेन्टिलेसन, अग्नि नियन्त्रक लगायतका केही समान ल्याइसकेको छ भने केही समान अहिले केरुङ नाकामा आइपुगेको जनाएको छ । भन्सार प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले छिटो छरितो बनाउन परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल भइरहेको जनाइएको छ ।
परियोजना अन्तर्गत सुरुङ मार्ग निर्माण भएपछि टलेनभन्दा पर दोभान क्षेत्रतिर पहिरो नियन्त्रण गर्ने तथा ढुङ्गा खस्न रोक्ने गरी काम गर्न परियोजनाले ठेकदारसँग सम्झौता गरिसकेको छ । जसमा करिब ४० मिटर जति उचाइमा ढुङ्गाहरूलाई टेका लगाउने, यस्तै माथिबाट खस्ने ढुङ्गाहरूलाई रकनेट लगाएर ढुङ्गाको गति कम गर्ने विधि अपनाइने काम गर्ने सम्झौता भएको छ ।
_n9bHJIkAKS.jpg)
दुई लेनको मुख्य सुरुङ मार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । पहिला सुरुङ मार्ग निर्माण सक्ने र गाडी गुड्न थालेपछि बाहिरको काम गर्ने योजना रहेको बास्तोलाले बताए ।
सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्र सवारी साधनमा यात्रा गर्नका लागि सधैँ जोखिमपूर्ण मानिन्छ । हिउँदमा माथिबाट ढुङ्गा खस्ने र बर्खामा पहिरोको त्रासले गर्दा पाल्पाको दोभानबाट बुटवल आउजाउ गर्न सधैँ त्रास हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
-
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिभल’ सम्पन्न
-
पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण