मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
सारांश
- तौल घटाउन गहुँको रोटी वा सेतो चामलमध्ये कुन राम्रो भन्ने प्रश्न उठ्छ, तर मोटोपनको वास्तविक कारण अत्यधिक क्यालोरी सेवन, खराब खानपिन र अस्वस्थ जीवनशैली हो ।
- गहुँको रोटीमा सेतो भातभन्दा बढी फाइबर र प्रोटिन हुन्छ जसले पाचनमा मद्दत गर्छ र भोक मेटाउँछ, जबकि सेतो भात सजिलै पच्छ र छिटो ऊर्जा दिन्छ ।
- भात वा रोटीलाई पूर्ण रूपमा हटाउनु भन्दा मात्रा नियन्त्रण र सन्तुलित खानामा ध्यान दिनु आवश्यक छ, विशेष गरी मधुमेह वा तौल घटाउन खोजिरहेका व्यक्तिहरूका लागि ।
काठमाडौँ । नेपालीहरूको भान्सामा चामल र गहुँको रोटी व्यापक रूपमा खपत हुन्छ ।
तर तौल घटाउन खोज्नेको मनमा यी दुईमध्ये कुन राम्रो हुन्छ भन्ने प्रश्न उठ्छ । आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं । जब तौल घटाउने कुरा आउँछ, दुवै खानेकुरालाई मोटोपन निम्त्याउने मानिन्छ ।
मानिसहरू तौल घटाउन गहुँको रोटी त्याग्ने कि सेतो चामल भन्ने बारेमा अलमल्लमा पर्छन् । तर मात्रा नियन्त्रण नियन्त्रण वा क्यालोरी सेवनलाई विचार नगरी मानिसहरू गहुँको रोटीलाई सेतो चामल भन्दा स्वस्थ मान्छन् ।
मोटोपनको वास्तविक जरा
तौल बढ्नुको वास्तविक कारण कुनै एउटा खानेकुरा भन्दा पनि अत्यधिक क्यालोरी सेवन, खराब खानपिन र अस्वस्थ जीवनशैली हो । गहुँको रोटी होस् वा भात धेरै खाएमा जसले पनि बोसो बढाउँछ । मानिसहरू प्रायः एउटै खानालाई दोष दिन्छन्, तर मोटोपन सामान्यतया अत्यधिक क्यालोरी, कम शारीरिक गतिविधि, कम निद्रा, तनाव र अस्वस्थ खानपिनको कारणले हुन्छ ।
गहुँको रोटी र भातमा पाइने पोषणमा भिन्नता
गहुँको रोटीमा सेतो भात भन्दा बढी फाइबर र प्रोटिन हुन्छ । फाइबरले पाचन सुधार गर्न मद्दत गर्छ, भोक मेटाउँछ, र अत्यधिक खाने बानी घटाउँछ । सेतो भात सजिलै पचाउन सकिन्छ । ग्लाइसेमिक इन्डेक्स (जीआई) धेरै हुने भएकोले यसले छिटै ऊर्जा दिन्छ । जीआई धेरै भएका खानाहरूले रगतमा चिनीको मात्रा चाँडै बढाउन सक्छ ।
सेतो चामलको भात चाँडै पच्ने भएकोले व्यक्तिलाई छिटो भोक लाग्छ । यसले कहिलेकाहीँ विशेष गरी भोक नियन्त्रण गर्न नसक्नेहरूमा ओभरइटिङको जोखिम बढाउँछ । यसको मतलब भातलाई पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ भन्ने चाहिँ होइन ।
गहुँको रोटीले कसरी बढाउँछ तौल ?
धेरै मानिसहरूले रोटीको साथमा अत्यधिक घिउ, मक्खन, तेल, वा क्यालोरीयुक्त साइड डिशहरू खान्छन्, जसले कुल क्यालोरी सेवन बढाउँछ । त्यसकारण, धेरै रोटी खाँदा मोटोपन हुन सक्छ । जतिबेला पनि बसिरहने जीवनशैलीले पनि मोटोपन बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । भातलाई सन्तुलित मात्रामा खाने र सक्रिय जीवनशैली अपनाउने व्यक्ति धेरै रोटी खाने र शारीरिक रूपमा निष्क्रिय हुने व्यक्तिभन्दा स्वस्थ हुन सक्छन् ।
जरुरी छ मात्रा नियन्त्रण
भात वा रोटीलाई पूर्ण रूपमा हटाउनु भन्दा मात्रा नियन्त्रण र खाना सन्तुलनमा ध्यान केन्द्रित गर्नु राम्रो हो । सन्तुलित खानामा के हुन्छः
· कार्बोहाइड्रेटको सन्तुलित मात्रा
· दाल, चीज, अण्डा र माछा जस्ता प्रोटिन स्रोतहरू
· फाइबरयुक्त तरकारीहरू
· स्वस्थ बोसोको सन्तुलित मात्रा
कार्बोहाइड्रेटलाई स्वास्थ्यको शत्रु नठान्नुस् । वास्तविक समस्या धेरै ठुलो भाग लिएर खान बस्ने, चिनीयुक्त खानेकुरा, प्रशोधित स्न्याक्स र शारीरिक गतिविधिको कमीमा छ ।
धेरै सतर्क हुनुपर्छ यी मानिसहरूः
केही मानिसहरूले कार्बोहाइड्रेटको गुणस्तर र मात्राको बारेमा बढी सतर्क हुनुपर्ने स्वास्थ्य विद्हरू भन्छन् । ती हुनः
· मधुमेह भएका व्यक्ति
· तौल घटाउन खोजिरहेका व्यक्ति
· फ्याटी कलेजो भएका व्यक्ति
· उच्च ट्राइग्लिसराइड्स वा उच्च कोलेस्ट्रोल भएका व्यक्ति
· इन्सुलिन प्रतिरोध भएका व्यक्ति
यी व्यक्तिहरूले परिष्कृत कार्बोहाइड्रेट र एकै पटक ठुलो भाग लिएर खान बस्ने बानीबाट बच्नुपर्ने विज्ञहरू भन्छन् । यस्तो गर्नाले रगतमा चिनीको मात्रामा उतारचढाव गर्छ र शरीरमा बोसो जम्मा गर्न थाल्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण