शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता बालकको शव फेला, बाबु अझै भेटिएनन्

शनिबार, ०५ वैशाख २०८३, २० : १२
शनिबार, ०५ वैशाख २०८३

धनगढी । अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देमा कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका दुई जनामध्ये एक बालकको शव फेला परेको छ । 

गत वैशाख ३ गतेदेखि नदीमा हराइरहेका ३५ वर्षीय पहल सिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढामध्ये बालकको शव बुधबार दिउँसो फेला परेको हो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज दिउँसो २बजेर २५मिनेटमा घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीमा तैरिरहेको अवस्थामा नरी बुढाको शव फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थल मुचुल्कालगायत कानुनी प्रक्रियाहरू पूरा गरेको छ । बेपत्ता रहेका बुवा पहल सिंह बुढाको खोजी कार्य भने निरन्तर जारी छ । खोजी कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट ६ जनाको विशेष गोताखोर टोली घटनास्थलतर्फ खटिएको र केही समयमै पुग्ने जानकारी प्राप्त भएको छ । 

वैशाख ३ गते नदी तर्ने क्रममा अचानक डुङ्गा पल्टिँदा बुवाछोरा दुवै बेपत्ता भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप