दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु
सारांश
- दाङको शान्तिनगरमा विद्युत् प्राधिकरणको नयाँ कार्यालय भवन बनेको छ र सेवा सुरु भएको छ।
- कार्यालय प्रमुखका अनुसार अब स्थानीय बासिन्दाले १८ किलोमिटर टाढा गएर बिजुलीको बिल तिर्नुपर्ने छैन।
- विद्युत् सेवा विस्तारले गर्दा नागरिकलाई छिटो र राम्रो सेवा मिल्ने अपेक्षा गरिएको छ।
दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ रगैचामा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरको नयाँ कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश महतोले रु २५ लाख ९० हजार ६१६ लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।
उक्त भवन निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले केही महिना अगाडि काम सम्पन्न गरेकामा नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
कार्यालय प्रमुख महतोका अनुसार सोमबारदेखि विद्युत् प्राधिकरण वितरण केन्द्रले पश्चिमका नागरिकका लागि सोही कार्यालयबाट सेवा प्रवाह गरिएको छ । यहाँबाट सेवा प्रवाह भएपछि अब त्यहाँका नागरिकलाई विद्युत्को महसुल बुझाउन १८ किलोमिटर टाढा रहेको तुलसीपुरमा आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
गाउँमै विद्युत् कार्यालयले सेवा सुरु गरेपछि आफूहरूलाई निकै सहज भएको स्थानीय विवेक कुँवरले बताए । वर्षौँदेखि भोग्दै आएको सास्ती अब बिस्तारै हट्दै गएको अनुभूति भएको उनको भनाइ छ । स्थानीय गिरीराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको केन्द्र प्रमुख महतोले जानकारी दिए । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख दीपक गौतमले भवनको उद्घाटन गर्दै ग्रामीण तहसम्म विद्युत् सेवा विस्तार भएसँगै नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्नमा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
-
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिभल’ सम्पन्न
-
पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण