शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा प्रहरीको ‘सरप्राइज’ चेकिङ : मापसे र लापसे गर्ने तीनसहित १२ जना कारबाहीमा

आइतबार, १३ वैशाख २०८३, १८ : ३१
आइतबार, १३ वैशाख २०८३

सारांश

  • सुर्खेतमा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष सरप्राइज चेकिङ अभियान सञ्चालन गरेको छ।
  • अभियानका क्रममा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य १२ सवारी साधनलाई पनि कारबाही गरिएको छ।

सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीले विशेष ‘सरप्राइज’ चेकिङ अभियान थालेको छ। सो अभियान अन्तर्गत आइतबार राजधानी वीरेन्द्रनगरको कटकुवा क्षेत्रबाट मादक पदार्थ (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ।

जसमा लापसे प्रयोग गरी सवारी चलाउने १ र मापसे प्रयोग गर्ने दुई चालक रहेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यस्तै सवारी नियम उल्लङ्घन गर्ने अन्य १२ वटा सवारी साधनहरूलाई पनि ट्राफिक नियम अन्तर्गत कारबाही गरिएको छ।

सवारी दुर्घटना न्यूनीकरण र सवारी अनुशासन कायम गर्न प्रहरीले अभियान नै चलाएर काम गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप