रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ यस वर्षको धान रोपाइँमा व्यस्त देखिएका छन् ।
पूर्वी नेपालको तेह्रथुम घर भएका खापुङले शनिबार सामाजिक सञ्जालमा आफू रोपाइँमा सहभागी भएको भिडिओ सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडिओमा उनी खेतको हिलोमा कान्ला सम्याउँदै (बाउसे गर्दै) गरेको अवस्थामा देखिएका छन् । उनको साथमा अन्य स्थानीयवासी र एक हल गोरुले खेत जोतिरहेको दृश्य देख्न सकिन्छ । भिडिओको क्याप्सनमा उनले 'रोपाइँको पहिलो दिन' भनी उल्लेख गरेका छन् ।
साधारण पोसाकमा खापुङ निकै फुर्तीका साथ स्थानीयसँग मुस्कुराउँदै कुराकानी गरिरहेका भिडओमा देखिन्छ ।
नेपाल प्रहरीको ३२औं आईजीपीका रूपमा कार्यभार सम्हालेका खापुङ गत कात्तिक २६ गते अनिवार्य अवकाशमा गएका थिए ।
उनको कार्यकालमा मुलुकमा जेनजी आन्दोलन चलेको थियो । अवकाशपछि पछिल्लो समय उनी धेरैजसो घरतिरै हुने गरेका छन् ।
यसअघि भोजपुर भएकोमा सच्याइएको छ– सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण