कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल जेठ २३ गते शनिबार, इस्वी सन् २०२६ जुन ६ तारिख हो ।
- काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेटमा हुनेछ भने सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेटमा हुनेछ ।
- मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिको आजको राशिफल विस्तृतमा दिइएको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ २३ गते । शनिबार । इस्वी सन् २०२६ जुन ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–षष्ठी, ४३ घडी १२ पला, बेलुकी १० बजेर २७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–धनिष्ठा, ५७ घडी ५८ पला, रातको ४ बजेर २१ मिनेट उप्रान्त शतभिषा । योग–ऐन्द्र, ६ घडी २६ पला, बिहान ७ बजेर ४४ मिनेट उप्रान्त वैधृती । करण–गर, बिहान १० बजेर १२ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर २७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,दिउँसो ३ बजेर ४९ मिनेट उप्रान्त कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३४ घडी २५ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर १० मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४७ मिनेटदेखि दिउँसो ३ बजेर २९ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर १४ मिनेटदेखि बेलुकी ८ बजेर १३ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय रहेको छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायकै सन्दर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढाउन सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नु पुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । साँझबाट समय राम्रो रहेकोले अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । साँझबाट कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । साँझपख समय मध्यम रहेकोले सवारी साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा एक अर्काबिच बैमानस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । साँझपख समय राम्रो रहेकोले खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । साँझपख समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
तपाईँको दिन शुभ रहोस् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण