४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कुल ४ सय ९२ किलोमिटर सडक कालोपत्र भएको छ ।
सडक विभागले उपलब्ध गराएको यही जेठ २० गतेसम्मको विवरणअनुसार वार्षिक ८०० किलोमिटर दुई लेन सडक कालोपत्र गर्नुपर्नेमा ६१ दशमलव पाँच प्रतिशत बराबरको काम सम्पन्न भएको छ । देशभर हालसम्म कूल १९ हजार ४५६ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ ।
वार्षिक रूपमा चार लेन वा चार लेनभन्दा बढी १०९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएमा हालसम्म ९२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । विभागका अनुसार हालसम्म देशभर कूल ५८८ किलोमिटर सडक चार लेन वा सोभन्दा बढीका निर्माण सम्पन्न भएका छन् । रिजिड पेभमेन्टतर्फ ६३ किलोमिटर सडक निर्माण पूरा भएको छ ।
देशभर सडक कालोपत्र हुने र गरिने समयमा अलकत्रा अभाव हुँदा अपेक्षित लक्ष्य पूरा हुन समस्या पैदा भएको छ । खाडी क्षेत्रमा भएको तनावका कारण अलकत्रा आयातमा समस्या भएको निर्माण व्यवसायीले उल्लेख गरेका छन् ।
ग्रावेलतर्फ कूल १२७ किलोमिटर सडक पूरा भएको छ । माटे सडक ११७ किलोमिटर सम्पन्न भएको विभागले जनाएको छ । वार्षिक लक्ष्यअनुसार १६२ वटा पुल निर्माण गर्नुपर्नेमा ११२ वटा सम्पन्न भएका छन् । बेलीब्रिजतर्फ पाँच, राजमार्गको आवधिक मर्मततर्फ ९७ किलोमिटर सम्पन्न भएको छ । राजमार्ग पुनः निर्माण तथा स्तरोन्नतितर्फ ५४ किलोमिटर सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण