भारतको बागडोग्राबाट ६० वटा जंगली हात्तीको बथान नेपाल पस्दै
विराटनगर । भारत बागडोग्राको वन क्षेत्र र यसको आसपासका इलाकाहरूमा ६० वटा जंगली हात्तीको ठुलो बथान देखा परेपछि त्यहाँको स्थानीय प्रशासन र वन विभागले उच्च सतर्कता अपनाएको छ। सो हात्तीको बथान नेपालतर्फ आउँदै गरेको झापा मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
‘सरकारी निकायले हात्तीबारे जानकारी राख्नुपर्छ । यसलाई उतै धपाउने गरी टिम खटाउनु जरुरी छ । नभए पूर्वी नेपालको तराई क्षेत्रमा हात्तीले धेरै क्षति गर्ने अवस्था छ,’ उनले भने । उता, झापाको सुरक्षा निकायले भने हात्ती आउँदै गरेको विषयमा आफूहरूलाई जानकारी नभएको जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले हात्ती आउँदै गरेको विषयमा आफूहरूलाई सूचना नभएको बताइन् ।
डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत नथुनी गोहिवार यादवले ठुलो समूहमा हात्ती आएको बारे आफ्नो च्यानलबाट जानकारी नआएको बताए । यद्यपि त्यस्तो अवस्था हुँदा सतर्कता अपनाउनु पर्ने बताए ।
वडाध्यक्ष कार्कीका अनुसार बागडोग्राबाट आउँदै गरेको हात्ती आजै नेपाल प्रवेश गर्न सक्ने अवस्था छ । हात्तीको यो ठुलो संख्याले गाउँ बस्तीमा क्षति पुर्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै भारतीय सुरक्षा टोली र वन विभागले भने त्यस क्षेत्रमा संयुक्त रूपमा जनचेतना अभियान सुरु गरेका छन्।
हात्तीको बथान बागडोग्रा रेन्ज अन्तर्गतका वन क्षेत्रहरूमा घुमिरहेकोले वन विभागले गाडीमा जडान गरिएको लाउडस्पिकरमार्फत माइकिङ गर्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरिरहेको छ। विभागले मानिसहरूलाई विशेष गरी रातिको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र निस्कनै परेमा समूहमा मात्र हिँड्न सल्लाह दिएको छ।
बागडोग्राका रेन्ज अफिसर सोनाम भोटियाका अनुसार, यो हात्तीहरूको बसाइँसराइको सिजन हो। उनले भने, ‘सुरुमा यो बथानमा २० देखि २५ वटा हात्ती मात्र थिए, तर अहिले यो संख्या बढेर ६० पुगेको छ। हामीले मानिसहरूलाई हात्तीको व्यवहार बुझ्न र उनीहरूसँगको सह९अस्तित्वका लागि सधैँ सचेत रहन अनुरोध गरेका छौँ।’
भारतको वन विभागले स्थानीय बासिन्दाहरूलाई रातिको समयमा एक्लै हिँडडुल नगर्न, बाहिर निस्कँदा अनिवार्य रूपमा टर्च लाइट वा सर्चलाइटको प्रयोग गर्न, हात्तीको जानकारी पाउने बित्तिकै नजिकैको वन कार्यालय वा हेल्पलाइन नम्बरमा खबर गर्न र हात्तीलाई जिस्क्याउने वा ढुङ्गा हान्ने जस्ता काम नगर्ने आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण