१५ जना अवैतनिक दूत पदमुक्त, वैशाख २८ मा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने
सारांश
- सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ।
- बैठकले श्रमसँग सम्बन्धित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने स्वीकृति पनि दिएको छ।
काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।
सरकारले उक्त सम्बोधनको समयमा सङ्घीय संसद्का दुवै सदनका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुनका लागि आह्वान समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए। ‘सम्माननीय राष्ट्रपतिज्यू समक्ष सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि सङ्घीय संसद्का माननीय उपस्थिति आह्वान गर्ने निर्णय भएको छ,’ प्रवक्ता पोखरेलले भने।
यसैगरी मन्त्रिपरिषद् बैठकले श्रमसँग सम्बन्धित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने स्वीकृति दिएको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ (पी ०२९) र असंलग्न श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ (नम्बर ८१) अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको हो।
सरकारले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र बाध्यकारी श्रम अन्त्यका लागि यी महासन्धिहरूलाई अगाडि बढाउने निर्णय गरेको प्रवक्ता पोखरेलले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण