सुकुमबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य छैन : हर्क साम्पाङ
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य स्वीकार्य नहुने बताएका छन् ।
- उनले सुकुमबासीहरुको समस्यालाई संसद् र सडक दुवै तहबाट उठाउने र नेपाली जनताले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट हुनुपर्ने बताए ।
- मकवानपुरका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेपछि हेटौँडाका सुकुमबासी स्थानीयहरू विस्थापित हुने डरले त्रसित छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने र आवासको अधिकार सुनिश्चित गरेको उनले बताए ।
शनिबार हेटौँडा–११ स्थित सिमलटार र थानाभर्याङमा आयोजित सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले राज्यले बल प्रयोग गरेर नागरिकलाई त्रसित बनाउने काम निरङ्कुश शैली भएको बताए ।
उनले सुकुमबासीहरुको समस्यालाई संसद् र सडक दुवै तहबाट उठाउने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पहिलो अधिवेशनको पहिलो बैठकमै आफूले सुकुमबासी समस्या सम्बन्धी एजेन्डा टेबल गरिसकेको उनले बताए ।
‘सबैलाई बाँच्न पाउने अधिकार छ । घर बनाएर बस्ने अधिकार संविधानले दिएको मौलिक हक हो । राज्यले एकाएक आएर आतङ्क फैलाउने हिसाबले घर भत्काउनु हुँदैन भन्ने पक्षमा हामी छौँ’ उनले भने, ‘अरू कोही रहला नरहला, म चाहिँ तपाईँहरूको पक्षमा रहन्छु । नेपाली जनताले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट हुनुपर्छ ।’
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेसँगै हेटौँडा–११ को सिमलटार बस्तीका स्थानीयहरू विस्थापित हुने डरले त्रसित छन् । सोही सन्दर्भमा साम्पाङले बस्तीमै पुगेर स्थानीयका समस्या, जग्गा व्यवस्थापनको असुरक्षा र आधारभूत सेवासम्बन्धी गुनासोहरू सुनेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दाले साम्पाङलाई स्वागत गर्दै बस्तीमाथि भइरहेको दबाब र त्रासका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण